आज:  | Tue, 21, Apr, 2026

बाँके–२ मा सूर्य चिन्ह लिएर चुनाव लड्दै मोहम्मद इस्तियाक राई

Avatar photo दिशा निर्देश ६ माघ २०८२, सोमबार ०८:२४ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज । बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा जसपा नेपालका नेता मोहम्मद इस्तियाक राई यसपटक नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिने भएका छन्।

सोमबार राति पूर्वमन्त्री प्रदीप यादवसहितका नेताहरूसँग राई एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवास पुगेका थिए। सो भेटमा उनीले एमालेको चुनाव चिन्हबाट उम्मेदवारी दिने विषयमा सहमति भएको जानकारी दिएका छन्।

एमालेको पछिल्लो सचिवालय बैठकले बाँके–२ क्षेत्र खाली राख्ने निर्णय गरेपछि त्यहाँ राईलाई अघि सार्ने बाटो खुलेको हो। यद्यपि राईले औपचारिक रूपमा एमालेको जिम्मेवारी नलिएको स्पष्ट पारेका छन्।

“अहिले एमालेको चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ, पार्टी प्रवेशबारे चुनावपछि निर्णय हुनेछ,” राईले बताएका छन्।

उल्लेखनीय छ, राई बाँके–२ बाट २०६४ र २०७४ मा निर्वाचित भइसकेका छन्। २०७० को संविधानसभा र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी पराजित भएका थिए। तीन पटक मन्त्री भइसकेका राई यसपटक नयाँ राजनीतिक समीकरणसहित चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन्।


सम्बन्धित खबरहरु