वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले नेपाली समाजबीचको आपसी एकता अझ सुदृढ गर्दै आर्थिक तथा सामाजिक रूपमा समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन्।
सोनाम ल्होसारको अवसरमा आज जारी शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएकाले यस्ता पर्वहरूले बृहत् राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरेका छन्।
