आज:  | Tue, 21, Apr, 2026

जनकपुरधाममा बालेन–अमरेश सँगै पूजाअर्चना, दर्शनार्थीमा उत्साह

Avatar photo दिशा निर्देश ६ माघ २०८२, सोमबार ०८:०१ मा प्रकाशित (३ महिना अघि)

धनुषा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज बिहान जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका छन्। मन्दिरमा नियमित रूपमा हुने बिहानी आरतीमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्।

आरतीका क्रममा मेयर बालेन एक्लै थिएनन्। उनका साथमा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए। दुवैले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका थिए।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जानकी मन्दिरमा बिहानै बालेन र अमरेशलाई एकसाथ देख्दा दर्शनार्थी तथा स्थानीयवासीहरूमा विशेष उत्साह देखिएको थियो।

मेयर बालेनको यो जनकपुरधाम भ्रमणलाई राजनीतिक तथा सामाजिक वृत्तमा चासोका साथ हेरिएको छ।


सम्बन्धित खबरहरु