आज:  | Tue, 21, Apr, 2026

सुनको मूल्य ४ हजार १०० रुपैयाँले बढ्यो

Avatar photo दिशा निर्देश २८ पुष २०८२, सोमबार १४:२४ मा प्रकाशित (३ महिना अघि)

नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ७४ हजार नाघेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ७०० कायम भएको हो। यो हासम्मकै उच्च मूल्य हो।

आइतबार एक तोला सुनको भाउ २ लाख ७० हजार ६०० पुगेको थियो। आइतबारको तुलनामा आज  ४ हजार १०० रुपैयाँले बढी हो। यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। २०५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ५ हजार १९५ रुपैयाँ कायम भएको छ।
आइतबार सोही परिमाणको चाँदी ४ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।

सम्बन्धित खबरहरु