वीरगञ्ज । सार्क पत्रकार मञ्च (SAARC Journalists Forum) नेपाल च्याप्टरले विभिन्न प्रदेशका लागि प्रदेश शाखा संयोजकहरू मनोनीत गरेको छ।
मञ्चका अनुसार मधेश प्रदेशको संयोजकमा मो. सद्दाब मलिक, बागमती प्रदेशमा राजु नापित, सुदूरपश्चिम प्रदेशमा करण ताम्राकार, कर्णाली प्रदेशमा युवराज शर्मा, लुम्बिनी प्रदेशमा दशरथ घिमिरे, गण्डकी प्रदेशमा रुद्र श्रेष्ठ मगर तथा कोशी प्रदेशमा भोला श्रेष्ठलाई मनोनीत गरिएको छ। उक्त जानकारी सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले दिएका हुन्।
मधेश प्रदेशका संयोजक मो. सद्दाब मलिकले मनोनयनपछि प्रतिक्रिया दिँदै प्रदेशस्तरीय कार्यसमिति चाँडै विस्तार गरिने बताएका छन्।
यस अवसरमा सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव अब्दुल रहमानलगायतको उपस्थिति रहेको थियो।
यसैबीच, भारतको बिहार राज्य अन्तर्गत नालन्दामा पुस २० र २१ गते अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलन सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल च्याप्टर बिहार, नालन्दा खुला विश्वविद्यालय, अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडे (Human Rights Today) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।
सम्मेलनमा नेपालबाट सहभागी पत्रकारहरू नृपेन्द्रलाल श्रेष्ठ, सद्दाब मलिक, दिपेन्द्र प्रजापति, सैलेश गुप्ता, अभिलाष गुप्ता, राजन कुमार सिंह र सुभास रामलाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो।
