आज:  | Tue, 21, Apr, 2026

उपकार सेवा नेपालद्वारा ठोरीको वृद्धाश्रमलाई मासिक खाद्यान्न तथा उपभोग्य सामग्री सहयोग

Avatar photo दिशा निर्देश १५ पुष २०८२, मंगलवार १३:४२ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज। उपकार सेवा नेपालले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमका आश्रितहरूका लागि मासिक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।

आश्रममा आश्रित १८ जना अपाङ्गता भएका व्यक्ति, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाहरूको दैनिक उपभोगका लागि चामल ३० केजीका २ बोरा, दाल ७ केजी, खानेतेल, नुन, सोयाबिन १० केजीको १ बोरा, फिनाइल, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, डायपर, धनिया, खुर्सानीलगायत आवश्यक सामग्रीको प्रबन्ध गरिएको संस्थाले जनाएको छ।

सामग्री हस्तान्तरणका लागि आयोजना गरिएको कार्यक्रममा आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूले ती सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

उपकार सेवा नेपालले यस आश्रमलाई प्रत्येक महिना खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गर्दै आइरहेको छ। संस्थाले समाजका पछाडि परेका तथा असहाय वर्गको जीवनयापन सहज बनाउन निरन्तर सहयोगलाई प्राथमिकतामा राख्दै आएको अध्यक्ष सरावगीले बताइन्।


सम्बन्धित खबरहरु