आज:  | Tue, 21, Apr, 2026

मधेस केन्द्रित राजनीतिमा नयाँ तरङ्ग, प्रदीप यादवलगायतका नेताहरू फेरी उपेन्द्रको जसपा नेपालमा

Avatar photo दिशा निर्देश १४ पुष २०८२, सोमबार १४:२० मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच आइतबार पार्टी एकीकरणको सैद्धान्तिक सहमति भए लगत्तै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा ठुलो विभाजन आएको छ ।

जसपाकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यहरू उपेन्द्र यादवको जसपा नेपालमा फर्किएका छन् । उपेन्द्र यादव र रेणु यादवले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै एकताको जानकारी गराएका छन् ।

जसपाका अध्यक्ष अशोक राईले भने केही नेताहरू जसपा नेपालमा गएको स्वीकार गरे पनि आफू नजाने स्पष्ट पारेका छन् । यसअघि २०८१ वैशाखमा उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अशोक राईले जसपा नेपालबाट फुटेर नयाँ जसपा गठन गरेका थिए ।


सम्बन्धित खबरहरु