पोखरा। चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन् । संस्थाको सातौं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिव सुरेश सुनार, सहसचिव सिद्धार्थ गौतम र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ चयन भएका हुन् ।
सदस्यमा विनिता सुनार, सुष्मा नेपाली, राकेश गुरुङ, प्रेम थापा, सुरज थापा, सागर ढकाल, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएको निर्वाचन समिति सदस्य एवं संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । उनकाअनुसार केन्द्रीय प्रतिनिधिमा आशीष पुरी र मिलन थापा चुनिएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष एवं निर्वाचन समिति संयोजक समीर बलामीले पद तथा गोपनीयताको शपथ गराए ।
साधारणसभाको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । २०६० असार २२ मा जन्मिएको संघमा हाल सदस्य संख्या ८६ पुगेका छन् । संघको यसअघि शिव शर्मा चञ्चल, रेम बि.क, अरुण गिरी र प्रभू अधिकारीले समेत नेतृत्व गरिसकेका छन् ।
