काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्न महाराजगञ्जस्थित निवास पुगेका छन्। उनीहरूबीच भेटवार्ता बिहान १० बजेदेखि जारी रहेको छ।
भेटवार्तापछि खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम रहेको छ।
उनको सचिवालयका अनुसार, खरेल बिहान ११ बजे ओलीलाई भेट्न गुण्डु पुग्नेछन् र त्यसपछि १२ बजे प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
