आज:  | Tue, 21, Apr, 2026

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

Avatar photo दिशा निर्देश ११ पुष २०८२, शुक्रबार १०:१८ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज । बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज पहिलो खेल खेल्दैछन्।

लामिछाने आबद्ध राजशाही वारियर्स टिमले शुक्रबार पहिलो खेल खेल्न लागेको हो। नेपाली समय अनुसार खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा राजशाही वारियर्सले सिलेट टाइटन्सको सामना गर्नेछन्। प्रारम्भिक रिपोर्टअनुसार सन्दीप खेलको प्लेइङ–११ मा पर्ने सम्भावना छ।

यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्ससँग अनुबन्ध भएका हुन् र यो उनको बीपीएलमा दोस्रो सिजन हो। रोचक पक्ष के छ भने, पहिलो खेलमा सन्दीपले सामना गर्न लागेका सिलेट टाइटन्समा उनी २०१९ मा अनुबन्धित थिए।

राजशाही वारियर्सको कप्तानी बङ्गलादेशका नजमुल हुसेनले गर्नेछन्। यस टिममा नेपाल प्रिमियर लिग खेलेका जिमी निशम पनि खेलिरहेका छन्।

सन्दीपको प्रदर्शनले टिमको शुरुवाती खेलमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।


सम्बन्धित खबरहरु