आज:  | Tue, 21, Apr, 2026

सार्वजनिक खर्चको उपयोगिता र गुणस्तरमा सुधार आवश्यक: मन्त्री सिन्हा

Avatar photo दिशा निर्देश ४ पुष २०८२, शुक्रबार १५:१३ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिकमा असन्तुष्टि बढ्दै गएको बताउनुभएको छ।

नेपाल आर्थिक पत्रकार समाजले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सिन्हाले वार्षिक बजेटमा विभिन्न शीर्षकमा अबण्डा बजेट राख्ने प्रवृत्तिले नागरिकमा असन्तुष्टि बढाएको र यसले समग्र अर्थतन्त्रलाई समेत कमजोर बनाएको बताउनुभयो।

उहाँका अनुसार अहिले सार्वजनिक खर्चको उपयोगिता सुनिश्चित गर्नु, सेवा प्रवाहमा सुधार ल्याउनु र आर्थिक सुशासन कायम गर्नु सबैभन्दा महत्त्वपूर्ण चुनौतीका रूपमा देखिएको छ।

उद्योगमन्त्री सिन्हाले राज्यले कर, शुल्क तथा अन्तर्राष्ट्रिय सहायताबाट सङ्कलन गरेको स्रोत शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गरे पनि त्यसको प्रतिफल नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न नसकेको स्वीकार गर्नुभयो।


सम्बन्धित खबरहरु