काठमाडौँ। सुनको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँ थियो।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ हालसम्मकै उच्च ४ हजार ८० रुपैयाँ रहेको थियो।
