आज:  | Tue, 21, Apr, 2026

राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण

Avatar photo दिशा निर्देश ३ पुष २०८२, बिहीबार १०:०१ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्धारण गरेको छ। आयोगका प्रवक्ता तथा सह–सचिव नारायणप्रसाद भट्टराईका अनुसार सातवटै प्रदेशका लागि मतदानस्थल तोक्ने निर्णय हिजै भइसकेको हो।

आयोगले प्रत्येक प्रदेशको राजधानी रहेको जिल्लालाई मतदानस्थल कायम गरेको छ। ती मतदानस्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

निर्धारित मतदान केन्द्रमध्ये मतदान केन्द्र ‘क’ प्रदेशसभा सदस्यहरूका लागि तोकिएको छ भने मतदान केन्द्र ‘ख’ गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) का लागि छुट्याइएको छ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनलाई व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्न आवश्यक सबै तयारी अघि बढाएको जनाएको छ।


सम्बन्धित खबरहरु