आज:  | Tue, 21, Apr, 2026

एमाले ११औँ महाधिवेशन : मतदान सम्पन्न, मतगणनाको तयारी सुरु

Avatar photo दिशा निर्देश ३ पुष २०८२, बिहीबार ०९:५१ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सम्पन्न मतदानको मतगणनाको तयारी सुरु गरिएको छ।

भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेबाट सुरु भएको मतदान बिहान करिब साढे ६ बजे सकिएको थियो। मतदान सम्पन्न भएसँगै प्रयोगमा आएका ८० वटै इलेक्ट्रोनिक मतदान मेसिनको छुट्टाछुट्टै मुचुल्का उठाउने कार्य भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

नयाँ नेतृत्व चयनका लागि कुल २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् भने ३६ जना प्रतिनिधि अनुपस्थित रहेका थिए। निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको करिब तीन घण्टाभित्र प्रारम्भिक नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

महाधिवेशनमार्फत एमालेको नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्।


सम्बन्धित खबरहरु