आज:  | Tue, 21, Apr, 2026

नेपाली कांग्रेसको आकस्मिक बैठक सोमबार बस्दै

Avatar photo दिशा निर्देश ३० मंसिर २०८२, सोमबार ०९:१२ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ।

बैठक सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने कार्यक्रम तय भएको छ। कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश सभापतिलाई उपस्थित हुन अनुरोध गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न उक्त आकस्मिक बैठक बोलाइएको हो।


सम्बन्धित खबरहरु