आज:  | Tue, 21, Apr, 2026

लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस

Avatar photo दिशा निर्देश २९ मंसिर २०८२, आईतवार ०९:३३ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएको छ।

शनिबार बसेको सर्लाही जिल्ला समितिको बैठकले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष ठाकुरको नाम समानुपातिक उम्मेदवारका रूपमा केन्द्रीय समितिमा सिफारिस गरेको सर्लाही जिल्ला सचिव मिथलेश यादवले जानकारी दिए।

अध्यक्ष ठाकुर यसअघि सर्लाही निर्वाचन क्षेत्रबाट दुई पटक पराजित भएका थिए। यद्यपि, २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उनले महोत्तरी–३ बाट जित हासिल गरेका थिए।

बैठकले प्रत्यक्षतर्फ पनि विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ। सर्लाही–१ बाट पार्टीका उपाध्यक्ष रामप्रकाश चौधरी, सर्लाही–४ बाट महासचिव मनिष मिश्र तथा सर्लाही–३ बाट सचिव रामेश्वर रायको एकल नाम केन्द्रमा सिफारिस गरिएको छ।

सर्लाही–२ निर्वाचन क्षेत्रबाट भने भिनुकलाल राय, रञ्जितकुमार ठाकुर र वीरवंश बैठाको नाम सिफारिस गरिएको सचिव यादवले बताए।

समानुपातिकतर्फ अध्यक्ष महन्थ ठाकुरसहित अञ्जुदेवी बैठा, मिनादेवी महतो, सरिता देवी साह, सुनिताकुमारी देवी, कामरेन्द्र वर्मा र रेखाकुमार साहको नाम पनि केन्द्रमा सिफारिस गरिएको छ।


सम्बन्धित खबरहरु