आज:  | Tue, 21, Apr, 2026

सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढ्यो

Avatar photo दिशा निर्देश २६ मंसिर २०८२, बिहीबार ११:४१ मा प्रकाशित (४ महिना अघि)

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।

आज सुन एक हजार रुपैयाँले बढेर तोलाको २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार एक सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा ५५ रुपैयाँले बढेको छ । आज चाँदी ५५ रुपैयाँले बढेर तोलाको तीन हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको आजको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार सात सय ५० रुपैयाँ थियो ।

 


सम्बन्धित खबरहरु