आज:  | Tue, 21, Apr, 2026

राष्ट्रियसभा र प्रतिनिधिसभा चुनाव : कांग्रेसले बहाल पदाधिकारीलाई उम्मेदवार नबनाउने

Avatar photo दिशा निर्देश १९ मंसिर २०८२, बिहीबार १०:०९ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । नेपाली कांग्रेसले राष्ट्रियसभा तथा प्रदेशसभामा बहाल रहेका नेताहरूलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ।

पार्टीका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले बुधबार नयाँ परिपत्र जारी गर्दै यसअघिको परिपत्रमा आएको भ्रमलाई हटाउँदै स्पष्ट निर्देश दिएका हुन्। परिपत्रमा मातहतका सबै कार्यसमितिलाई राष्ट्रियसभा र प्रदेशसभामा हाल बहाल रहेका व्यक्तिहरूको नाम आगामी राष्ट्रियसभा तथा प्रतिनिधिसभा चुनावका लागि सिफारिस नगर्न भनिएको छ।

मुख्य सचिव पौडेलको परिपत्रमा उल्लेख छ, “राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन। प्रदेशसभामा हाल बहाल रहनुभएका प्रदेशसभा सदस्यको नाम पनि उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन।

पार्टीभित्र चलिरहेको उम्मेदवार सिफारिस प्रक्रियालाई एकरूपता दिन र समान अवसर सुनिश्चित गर्न कांग्रेस नेतृत्वले यस्तो निर्णय गरेको बताइएको छ।


सम्बन्धित खबरहरु