आज:  | Tue, 21, Apr, 2026

विश्वासको मत नपाउने निश्चित भएपछि मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

Avatar photo दिशा निर्देश १८ मंसिर २०८२, बुधबार १५:४८ मा प्रकाशित (४ महिना अघि)

 मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा घोषणा गरेका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।

विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो । यद्यपि मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो ।

दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।

मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले सोमबार साँझ परमादेश जारी गरेको थियो ।


सम्बन्धित खबरहरु