आज:  | Tue, 21, Apr, 2026

रोट्रयाक्ट क्लबद्वारा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न

Avatar photo दिशा निर्देश १४ मंसिर २०८२, शनिबार १८:०० मा प्रकाशित (४ महिना अघि)

वीरगन्ज । विभिन्न रोट्रयाक्ट क्लबहरुको सयुँक्त आयोजनामा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब जिल्ला ३२९२ को आयोजनामा रोट्र्याक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ काठमाडौँ मेडिकल कलेजको पहलमा वीरगञ्जको माइस्थान पार्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ७ जना महिलासहित ५१ जनाले रक्तदान गरेको रोट्रयाक्ट क्लब अफ वीरगञ्जका अध्यक्ष विवेक कुमार पटेलले जानकारी दिए । उनकाअनुसार कार्यक्रममा सौरभ वर्णवाल, अजय गुप्ता, विवेक कुमार पटेल, प्रशान्त भण्डारी, समिर पोख्रेल, रमित सिंह, राम गुप्ता लगायतले रक्तदान गरेका हुन् ।

कार्यक्रममा युवा अभियानता दिलिपराज कार्की, डिष्ट्रिक्ट जोनल रोट्र्याक्टर प्रतिनिधि सौरभ बर्णवाल, रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रोहित गुप्ता, रोट्र्याक्ट क्लब अफ शङ्कराचार्यका अध्यक्ष अमित कुमार सार्राफसहित विभिन्न रोट्रयाक्ट क्लबका पदाधिकारी तथा प्रतिनीधिहरुको सहभागिता रहेको रोट्रयाक्ट क्लब अफ वीरगञ्ज युनाइटेडका इन्टरनेशनल सर्भिस डाइरेक्टर अखिल पटेलले जानकारी दिनुभयो ।

युनाइटेडकी अध्यक्ष रोशनी भट्टराईकाअनुसार क्लबले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साबाट कार्यालय सहायक राजन श्रीवास्तव, प्राविधिक मनीष कुमार गुप्ता, सहायक प्राविधिक बिबेक यादव, निशान्त कुमार यादव लगायतले कार्यक्रममा प्राविधिक सहयोग गरेका थिए ।


सम्बन्धित खबरहरु