आज:  | Tue, 21, Apr, 2026

बहुदरमाईको डोकैला बहुअरीमा निःशूल्क आँखा शिविर सम्पन्न, एक सय भन्दा धेरै लाभान्वित

Avatar photo दिशा निर्देश १३ मंसिर २०८२, शुक्रबार १६:५४ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज। पर्सागढी शहीद स्मृति प्रतिष्ठान र वीरगञ्ज सामुदायिक आँखा उपचार केन्द्रको संयुक्त पहलमा बहुदरमाई नगरपालिका–४, डोकैला बहुअरीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

शिविरमा १ सय जनाको आँखा परीक्षण गरिएको थियो। वीरगञ्ज सामुदायिक आँखा अस्पतालकी गीता धामीका अनुसार ३९ जनामा मोतिबिन्दुको लक्षण फेला परेको छ। केन्द्रका मेडिकल संयोजक महेशसिंह धामीका अनुसार मोतिबिन्दु पहिचान भएका बिरामीहरूको वीरगञ्ज सामुदायिक आँखा केन्द्रमै निःशुल्क शल्यक्रिया गरिनेछ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठले ग्रामीण बस्तीमा आँखा स्वास्थ्य सेवा विस्तारका लागि यस्तो शिविर महत्वपूर्ण भएको बताए। उनले समुदायले आवश्यक स्वास्थ्य सेवा नपाउँदा भोग्नुपरेका कठिनाइ कम गर्न प्रतिष्ठानले निरन्तर सामाजिक कामलाई प्राथमिकतामा राख्ने उल्लेख गरे।

प्रतिष्ठानका सल्लाहकार सुनिल कुमार रोयनीयार र सल्लाहकार अमिताभ बच्चन दासले पनि स्थानीयस्तरमै गुणस्तरीय आँखा सेवा पुर्‍याउन यस्तो गतिविधिको भूमिका महत्त्वपूर्ण रहेको बताए।

शिविरमा महेशसिंह धामी, गीता धामी, अर्जिता ठाकुर लगायतको टोलीले परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।


सम्बन्धित खबरहरु