आज:  | Tue, 21, Apr, 2026

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

Avatar photo दिशा निर्देश ८ मंसिर २०८२, आईतवार १५:३९ मा प्रकाशित (४ महिना अघि)

काठमाडौँ । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो।

पार्टीको चुनाव चिह्वन नेसपा नयाँ शक्तिले प्रयोग गर्दै आएको आँखा रहेको छ । यस्तै पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने बताइएको छ ।

कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियारलगायतबिच एकता गर्ने सहमति भएको थियो ।


सम्बन्धित खबरहरु