वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने कार्यतालिका रहेको छ। दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दललाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिनका लागि छलफल आयोजना गरिएको हो। यसअघि पनि निर्वाचनको वातावरण बनाउनका लागि प्रधानमन्त्री कार्कीले केही दलका प्रतिनिधिहरूसँग छलफल गरिसकेको बताइएको छ।
तर शीर्ष नेताहरूसँग प्रधानमन्त्रीले अहिलेसम्म प्रत्यक्ष छलफल गरेका छैनन्।
