आज:  | Tue, 21, Apr, 2026

मधेश प्रदेशसभामा बैठक बस्दै, सभामुखविरुद्धको प्रस्ताव आज छलफलमा

Avatar photo दिशा निर्देश ४ मंसिर २०८२, बुधबार ०८:२४ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको आरोपसहित दर्ता भएको प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभा बैठक बस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

सदनमा सहभागिताका लागि प्रदेशसभा सचिवालयले सामाजिक सञ्जाल समूहमार्फत सांसदहरूलाई जानकारी गराएको छ।

गत कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पदअनुकूल आचरणसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएको थियो। कानुनी प्रावधानअनुसार यस्तो प्रस्ताव दर्ता भएको एक साताभित्र सदनमा छलफलमा ल्याउनुपर्ने भएकाले आजको बैठक विशेष रूपमा महत्त्वपूर्ण मानिएको छ।

उपसभामुख बबिता राउत ईशरको निर्देशनमा बैठक बोलाइएको हो। यसअघि सात दलीय गठबन्धनका ३२ जना प्रदेश सांसदले मंगलबार उपसभामुखलाई बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।


सम्बन्धित खबरहरु