आज:  | Tue, 21, Apr, 2026

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ३ अर्ब ५३ करोड लगानी गर्न तयारी

Avatar photo दिशा निर्देश ३ मंसिर २०८२, मंगलवार ०९:०० मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी आज बेलुकी ७ बजेभित्र आवेदन दिनुपर्नेछ।

सूचनामा वाणिज्य बैंकका लागि दुई अर्ब ८२ करोड ४० लाख रुपैयाँ, विकास बैंकका लागि ५२ करोड ९५ लाख रुपैयाँ र वित्त कम्पनीका लागि १७ करोड ६५ लाख रुपैयाँ छुट्याइएको उल्लेख छ।

लगानीका लागि पात्र संस्थाले कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम कूल पुँजीकोष कायम भएको, कूल कर्जा सापटी अनुपात आठ प्रतिशतभित्र रहेको र खुद निष्क्रिय कर्जा दर तीन प्रतिशत ननाघेको जस्ता मापदण्ड पूरा गर्नुपर्नेछ।


सम्बन्धित खबरहरु