आज:  | Tue, 21, Apr, 2026

मधेस प्रदेशमा ७ दलीय गठबन्धनको धर्ना जारी, मुख्यमन्त्री बर्खास्तीको माग

Avatar photo दिशा निर्देश १ मंसिर २०८२, आईतवार १४:०८ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । मधेस प्रदेशमा सात दलीय गठबन्धनले आज पनि मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै धर्नालाई निरन्तरता दिएका छन्। उनीहरूले मधेस भवन अगाडि राष्ट्रिय झन्डासहित धर्ना बस्दै विरोध कार्यक्रम सञ्चालन गरेका हुन्।

यसैबीच, आज सर्वोच्च अदालतमा विवादित मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर गरिएको रिटको सुनुवाइ हुँदैछ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत साहले धर्ना तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदम विरुद्ध रहेको बताए।उनका अनुसार, “मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतले फैसला गर्ने अपेक्षा छ, र त्यो फैसला मधेसी जनताको पक्षमा आउने विश्वास हामीलाई छ।”

साहले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्ने स्पष्ट गर्दै सात दलीय गठबन्धनले आगामी आन्दोलनका स्वरूपबारे पनि छलफल भइरहेको जानकारी दिए।

उक्त ७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एस), र नागरिक उन्मुक्ति पार्टी समावेश छन्।


सम्बन्धित खबरहरु