आज:  | Tue, 21, Apr, 2026

उपसभामुखद्वारा पाँच सांसदमाथिको कारबाही बदर

Avatar photo दिशा निर्देश २९ कार्तिक २०८२, शुक्रबार १०:०६ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । मधेस प्रदेशसभाका पाँच सदस्यमाथि सभामुख रामचन्द्र मण्डलले गरेको कारबाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्।

बिहीबार सभामुख मण्डलले जसपा नेपालका चार र जनमत पार्टीका एक गरी पाँचजना सांसदलाई लगातार १० बैठकमा अनुपस्थित रहेको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेका थिए।

तर उपसभामुख ईशरले उक्त निर्णयलाई प्रतिशोधपूर्ण भन्दै खारेज गरेकी छन्। उनका अनुसार ती पाँचै जना सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको तथ्याङ्क स्पष्ट छ, जसलाई बेवास्ता गरेर कारबाही गरिएको हो।

उपसभामुखले पाँचै जना प्रदेशसभा सदस्यमाथिको कारबाही बदर गरिएको जानकारी दिँदै बिहीबार नै सूचना जारी गरेकी छन्।


सम्बन्धित खबरहरु