आज:  | Tue, 21, Apr, 2026

प्रतिनिधिसभा निर्वाचन तयारीबारे आयोग र दलबीच आज छलफल

Avatar photo दिशा निर्देश २८ कार्तिक २०८२, बिहीबार ११:३५ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका तयारीबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आज बोलाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आज बिहान साढे ११ बजे दलहरूलाई आयोगमा छलफलका लागि आमन्त्रण गरिएको हो।

छलफलमा निर्वाचनको तयारी, व्यवस्थापन र समन्वयसँग सम्बन्धित विषयहरूमा विचार–विमर्श हुने बताइएको छ।

यसअघि आयोगले गत असोज ३० गते पनि राजनीतिक दलहरूसँग आगामी निर्वाचन तयारीबारे प्रारम्भिक छलफल गरेको थियो।


सम्बन्धित खबरहरु