आज:  | Tue, 21, Apr, 2026

सुनको भाउ आज एकैदिन ५ हजार ९०० रुपैयाँले बढ्यो

Avatar photo दिशा निर्देश २८ कार्तिक २०८२, बिहीबार ११:२७ मा प्रकाशित (५ महिना अघि)

काठमाण्डौ । सुनको भाउ आज एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा पाँच हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार हिजो सुनको भाउ तोलाको दुई लाख ४४ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा एक सय ७० रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ७५ रुपैयाँ थियो ।

 


सम्बन्धित खबरहरु