वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
भेटमा आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनको तयारी तथा समग्र राजनीतिक वातावरणबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभएको छ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावनाअनुसार सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइरहेको बताउनुभयो।
यस्तै, पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दलले आगामी चुनावमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने र चुनाव प्रक्रियाबाट कोही पनि पछि नहट्नुपर्नेमा जोड दिनुभयो।
साथै, उहाँले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा भएको निर्वाचनको अनुभव पनि प्रधानमन्त्री कार्कीसमक्ष बाँडेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
