आज:  | Tue, 21, Apr, 2026

जसपाको केन्द्रीय समिति बैठक अध्यक्ष यादवको प्रतिवेदनमाथि छलफल हुने

Avatar photo दिशा निर्देश २१ कार्तिक २०८२, बिहीबार ०९:५७ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आजदेखि सुरू हुँदैछ।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ।

बुधबार बसेको बैठकमा अध्यक्ष यादवले पछिल्ला राजनीतिक घटना क्रम, दलहरुको एकता विभाजन, आगामी चुनावी रणनीति लगायतका विषय समेटेर २२ बुँदे प्रतिवेदन पेश गरेका थिए।
आजको बैठकमा केन्द्रीय सदस्यहरूबाट प्रतिवेदनमाथि धारणा राखिनेछ।

पार्टीका अनुसार, केन्द्रीय समितिले अध्यक्ष यादवले प्रस्तुत गरेको प्रतिवेदन पारित गर्ने तयारी गरेको छ।


सम्बन्धित खबरहरु