आज:  | Tue, 21, Apr, 2026

सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

Avatar photo दिशा निर्देश १९ कार्तिक २०८२, मंगलवार ११:३४ मा प्रकाशित (५ महिना अघि)

काठमाण्डौ । सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर तोलाको दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँ घटेर तोलाको तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६० रुपैयाँ थियो ।

 


सम्बन्धित खबरहरु