आज:  | Tue, 21, Apr, 2026

प्रधानमन्त्री र मुख्यमन्त्रीबीच चुनावी वातावरणबारे महत्वपूर्ण छलफल

Avatar photo दिशा निर्देश १८ कार्तिक २०८२, सोमबार ०९:११ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच हिजो प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी वातावरण निर्माणका विषयमा छलफल भएको छ।

बैठकमा मुख्यमन्त्रीहरूले तोकिएको मितिमै चुनाव सम्पन्न गर्न संघीय सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। उनीहरूले विशेषगरी चुनावको मुख्य चुनौतीका रूपमा रहेको शान्ति–सुरक्षाको सवालमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गरे।

मुख्यमन्त्रीहरूको भनाइ थियो कि संघ, प्रदेश र स्थानीय तहबीच आपसी सहकार्य, समन्वय र सहअस्तित्वको भावना मजबुत भएमा सहजै चुनाव सम्पन्न गर्न सकिन्छ। साथै, जेन–जी आन्दोलनका क्रममा नष्ट वा क्षतिग्रस्त भएका संरचना पुनर्निर्माणका लागि संघ सरकारले विशेष प्याकेज ल्याउनुपर्ने सुझाव समेत बैठकमा उठाइयो।

खडेरी र अतिवृष्टिबाट प्रभावित किसानहरूका लागि राहतको व्यवस्था गर्नुपर्नेमा पनि मुख्यमन्त्रीहरूले जोड दिए। त्यस्तै, डेडिकेटेड र ट्रंकलाइन फिडरको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली काट्ने निर्णयले उद्योग, मजदुरको रोजगारी तथा सरकारको राजस्वमा पर्ने नकारात्मक प्रभावप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बैठकमा सहभागिहरूले जानकारी गराए।


सम्बन्धित खबरहरु