आज:  | Tue, 21, Apr, 2026

बालेनलाई मेयर बनाउनेहरू अपराधी र देशद्रोही: एमाले नेता सूर्य थापा

Avatar photo दिशा निर्देश १७ कार्तिक २०८२, आईतवार ०८:५५ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले मेयर शाहलाई ‘गाँजा सेवन गर्ने दुर्व्यसनी’ भन्दै, उनलाई मेयर बनाउने, समर्थन गर्ने र कारबाही नगर्नेहरूलाई ‘अपराधी र देशद्रोही’सम्म भनेका छन्।

थापाले शनिबार राति बालेनले पोष्ट गरेको अश्लील सामग्री भएको स्टाटसको स्क्रिनसट सार्वजनिक गर्दै प्रतिक्रिया जनाएका हुन्। सो स्टाटसमा बालेनले अश्लील शब्द प्रयोग गर्दै चीन, भारत, अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नामसमेत उल्लेख गरेका थिए। उक्त स्टाटस अहिले मेयर शाहले हटाइसकेका छन्।

थापाले लेखेका छन्, “गाँजा तानेर लुसिफर (दलाल/शैतान) जस्तो बानी भएका मानिसलाई राजधानीको नेतृत्व दिने, समर्थन गर्ने र कारबाहीबाट जोगाउनेहरू सबै अपराधी र देशद्रोही हुन्। नशाकै प्रभावमा रातारात देश बनाउने ढोंग गर्नेहरूकै कारण सिंहदरबार जलाउन समेत उक्साउने अवस्था आएको छ।

थापाको स्टाटस जस्ताको तस्तै– गाँजा तानेर लुसिफर (दलाल/शैतान)ले बेहोसीमा पागल भई अन्टसन्ट लेख्दै र आफैँले हटाउँदै खुब आनन्द मानेको रहेछ। सिंहदरबार जलाउन उक्साउने लुसिफरले नशामा नास भएर रातीराती यसरी बेलाबखत देश बनाउने स्वाँङ पो गर्छ।

बाबुले सिंहदरबार वैद्यखाना सकेर सिनामंगलमा दरबार बनाएको जान्नेहरू छोराले सिंहदरबारमा आगो लगाउन भिजिलान्तेहरू पठाएर र दमकल तीन दिनसम्म रोकेर आफ्नो सक्कली अनुहार उदाङ्गो पारिसकेको छ । अझ यस्ता देशद्रोहीलाई आइकन मान्ने र काठमाडौंलाई बालेन शहर आएँ/गएँ भनेर लेख्ने मान्छेहरूका अनुहार सम्झँदा पो लाज लाग्छ ! म सुरुदेखि स्पष्ट छु, यो गजेडी हो, नशामा लठ्ठिनु र बर्बराउनु यसको दिनचर्या हो। यही योग्यताले यो लुसिफर र दलाल भएको हो । गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही हुन् !

अब समवेत् स्वरमा भनौँ– गाजा तान्न जान्नेहरू गाजा तानेर लेखौं…! मलाई बहुत खुशी लागेको छ, गजेडी आफैँ उदाङ्गो र नाश भइरहेको छ । कुचोले बढार्नुपर्ने कसिङ्गर गाजाले उडाइरहेछ !!!’  


सम्बन्धित खबरहरु