आज:  | Tue, 21, Apr, 2026

माओवादी केन्द्रको सचिवालय बैठक सुरु, पार्टी एकताबारे निर्णायक छलफल

Avatar photo दिशा निर्देश १६ कार्तिक २०८२, शनिबार १६:५० मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज।  नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आजबाट सुरु भएको छ।

पार्टीका अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बैठक प्रारम्भ भएको हो।

बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र विप्लव नेतृत्वको नेकपाको असन्तुष्ट समूहबीच लामो समयदेखि चल्दै आएको एकता प्रक्रियालाई अन्तिम रूप दिने विषयमा छलफल भइरहेको बताइएको छ।

पार्टी एकताको विषयमा महत्वपूर्ण निर्णय गर्न बैठक बसाइएको स्रोतले जानकारी दिएको छ।


सम्बन्धित खबरहरु