आज:  | Tue, 21, Apr, 2026

रास्वपाद्वारा सुशासन र स्थायित्वका लागि ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम

Avatar photo दिशा निर्देश १५ कार्तिक २०८२, शुक्रबार १४:५४ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ।

काठमाडौंको बालुवाटारस्थित एक होटलमा भइरहेको उक्त संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, स्वतन्त्र विचारक र सामाजिक अभियन्ताहरू सहभागी भएका छन्।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले लगायतको सहभागिता रहेको छ।

रास्वपाका अनुसार, यो संवाद जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पको खोजीका लागि आयोजना गरिएको हो।

कार्यक्रममा उपसभापति डा. वाग्लेले भने, नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक, अभियन्ता र नवयुवा पुस्ताबीच सहकार्य नहुँदा देश पुनः पश्चगमनतर्फ फर्कने सम्भावना देखिन्छ। त्यसैले विविध राजनीतिक विकल्पबारे खुला छलफल आवश्यक छ।

संवाद कार्यक्रममा सहभागीहरूले देशमा सुशासन, पारदर्शिता र दीर्घकालीन स्थायित्वका लागि राजनीतिक एकता र नयाँ सोचको आवश्यकतामा जोड दिएका छन्।


सम्बन्धित खबरहरु