आज:  | Tue, 21, Apr, 2026

सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो

Avatar photo दिशा निर्देश १५ कार्तिक २०८२, शुक्रबार १४:२९ मा प्रकाशित (५ महिना अघि)

काठमाण्डाै । आज सुनको भाउ बढेको छ । आज सुन दुई हजार सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रावार सुन तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी २० रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ दुई हजार नौ सय ८० रुपैयाँ थियो ।

 


सम्बन्धित खबरहरु