काठमाण्डौ । आज सुनको भाउ स्थिर रहेको छ । आज सुनको भाउ हिजो जस्तै तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तिहार विदापछि सुनको भाउ लगातार घट्दै आएको छ ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय ६५ रुपैयाँ थियो ।
