आज:  | Tue, 21, Apr, 2026

प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार, दल र जेनजीबीच आज त्रिपक्षीय बैठक बस्दै

Avatar photo दिशा निर्देश १३ कार्तिक २०८२, बुधबार ०७:४० मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीच त्रिपक्षीय बैठक आज बस्दैछ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ।

गत भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी कार्कीले पहिलो पटक राजनीतिक दल र जेनजीका प्रतिनिधिलाई एउटै मञ्चमा राखेर छलफल गर्न लागेकी हुन्। यसअघि तिहारअघि उनले दलका प्रतिनिधिहरूसँग छुट्टै बैठक गरेकी थिइन्, तर त्यस बैठकमा जेनजीका प्रतिनिधिहरू सहभागी थिएनन्।

आजको बैठकमा आगामी फागुन २१ गते तोकिएको निर्वाचन सफल पार्न सबै पक्षको भूमिकाबारे, परिवर्तित परिस्थितिमा जेनजीले उठाएका माग सम्बोधन गर्ने विषयसहित विभिन्न एजेन्डामा छलफल हुने बताइएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको वातावरण बनाउन र सहकार्य सुदृढ गर्न संयुक्त बैठक आयोजना गरिएको हो। उनले राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध संवाद र परामर्श जारी रहेको जानकारी दिएका छन्।


सम्बन्धित खबरहरु