वीरगञ्ज। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन्।
डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्री बनाउन सिफारिस गरिएको थियो। तर, खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ अन्तिम समयमा रोकिए। सुनारलाई श्रम तथा रोजगार मन्त्रालय, र श्रेष्ठलाई भूमिसुधार मन्त्रालय दिने तयारी गरिएको थियो।
