आज:  | Tue, 21, Apr, 2026

सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्यो

Avatar photo दिशा निर्देश १० कार्तिक २०८२, आईतवार १२:२३ मा प्रकाशित (५ महिना अघि)

काठमाडौं । तिहारपछि खुलेको बजारमा सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेसँगै यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। तिहारअघि सो मूल्य दुई लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेर तीन हजार १५ रुपैयाँमा झरेको छ। यसअघि चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भइरहेको थियो।

महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै जाँदा नेपाली बजारमा समेत सोको प्रभाव परिरहेको छ। गत बिहीबार सुनको मूल्य इतिहासकै सबैभन्दा ठूलो दैनिक गिरावटसहित घटेको थियो। शुक्रबार पनि मूल्य घटेको देखिए पनि शनिबार भने केही हदसम्म सम्हालिएको जनाएको छ।


सम्बन्धित खबरहरु