आज:  | Tue, 21, Apr, 2026

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : ‘तोकिएकै मितिमा भयरहित वातावरणमा चुनाव गराइन्छ’

Avatar photo दिशा निर्देश ६ कार्तिक २०८२, बुधबार ०७:१५ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने सरकारको प्रतिबद्धता दोहोर्याएकी छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित राजनीतिक दलहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले भनिन्,
“तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकार कटिबद्ध छ। यसका लागि मन्त्रीज्यूहरू, सुरक्षा निकायका सदस्यहरू र हामी सबै अहोरात्र खटिएका छौँ।”

संवादमा ढिलाइ हुनुको कारण स्पष्ट पार्दै उनले भनिन्,
“यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन, परिवारका लागि राहत र आन्दोलनकारी पक्षका माग सुन्नुपर्ने आवश्यकता भयो, जसका कारण केही समय लाग्यो।”

प्रधानमन्त्री कार्कीका अनुसार प्रारम्भिक चरणमा ‘जेनजी’ युवा समूहले राजनीतिक दलहरूसँग संवादमा रुचि देखाएको थिएन। उनले भनिन्,
“राष्ट्रपतिज्यूबाट संवादको ढोका खुलेको छ। अब जेनजी र राजनीतिक दलहरू बसौँ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर अघि बढौँ।”

प्रधानमन्त्री कार्कीले सबै राजनीतिक पक्षलाई आगामी निर्वाचन सफल बनाउन आफ्नो–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गरिन्।
“यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार पूर्ण रूपमा तयार छ,” उनले जोड दिइन्।


सम्बन्धित खबरहरु