आज:  | Tue, 21, Apr, 2026

मुख्यमन्त्री सोनल र अध्यक्ष प्रचण्डबीच शिष्टाचार भेटघाट

Avatar photo दिशा निर्देश ४ कार्तिक २०८२, सोमबार १७:२८ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटघाट गरेका छन्।

नयाँ सत्ता समीकरणपछि मधेश प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकोमा अध्यक्ष प्रचण्डले मुख्यमन्त्री सोनललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, मधेश प्रदेश सरकारको सञ्चालन तथा आगामी योजनाका विषयमा गहन छलफल भएको बताइएको छ।

लोसपाका नेता सोनलको नेतृत्वमा बनेको वर्तमान मधेश प्रदेश सरकारलाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ। भेटमा अध्यक्ष प्रचण्डले मधेश प्रदेशको विकास, स्थायित्व र सुशासनका लागि केन्द्र र प्रदेश सरकारबीच घनिष्ठ सहकार्य आवश्यक रहेको भन्दै माओवादी केन्द्रको पूर्ण समर्थन रहने स्पष्ट पारे।

मुख्यमन्त्री सोनलले अध्यक्ष प्रचण्डको बधाईका लागि धन्यवाद ज्ञापन गर्दै भने, “मधेशका जनताको अपेक्षा पूरा गर्न र प्रदेश सरकारलाई स्थायित्व प्रदान गर्न माओवादी केन्द्रसहितको गठबन्धनको समर्थन महत्वपूर्ण रहनेछ।”


सम्बन्धित खबरहरु