आज:  | Tue, 21, Apr, 2026

गृहमन्त्री अर्यालको चेतावनी: ओली अब कानुनभन्दा माथि होइनन्

Avatar photo दिशा निर्देश ४ कार्तिक २०८२, सोमबार १७:१७ मा प्रकाशित (६ महिना अघि)

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब कानुनभन्दा माथि नरहेको स्पष्ट बताएका छन्।

सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेका घटनालाई लिएर ओलीले दिएको अभिव्यक्तिलाई ‘कानुनलाई नमान्ने’ भनाइको रूपमा व्याख्या गरे।

उनले भने, “केपी ओलीले आफूलाई पक्राउ गर्न चुनौती दिएका थिए, त्यो चाहिँ कानुन मान्दिनँ भन्ने हो। अब ओली मात्रै कानुनभन्दा माथि बस्ने जमानाको अन्त्य भइसकेको छ।”

गृहमन्त्री अर्यालले ओलीलाई उपत्यका नछोड्न सरकारले नभई, भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको आयोगले भनेको जानकारी पनि दिए।

उनका अनुसार, उक्त आयोग स्वतन्त्र रूपमा कार्यरत छ र सरकारको भूमिका कानुनी प्रक्रियालाई सहज बनाउनेमात्र रहेको छ।


सम्बन्धित खबरहरु