काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आइतबार तोलामा ४ हजार ८०० रुपैयाँले घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
