आज:  | Tue, 21, Apr, 2026

मधेस प्रदेशका मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको शपथ

Avatar photo दिशा निर्देश ३० आश्विन २०८२, बिहीबार १५:११ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुखको कार्यालय परिसरमा आयोजित समारोहमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनल बुधबार साँझ ६ दलका ५७ जना प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री सोनलसँगै जनमत पार्टीका महेश यादव र नेकपा (एकीकृत समाजवादी)का कनिश पटेलले पनि विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन्।


सम्बन्धित खबरहरु