आज:  | Tue, 21, Apr, 2026

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त

Avatar photo दिशा निर्देश ३० आश्विन २०८२, बिहीबार ०८:४१ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज ।  मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनार (सोनल) नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार सोनारलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

सोनलले पाँच दलको गठबन्धनको समर्थनसहित सरकार गठनको दाबी प्रस्तुत गरेका थिए। अब मधेस प्रदेशमा जसपा नेपाल, लोसपा, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीको गठबन्धन सरकार बनेको छ।

नियुक्तिपछि पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै मुख्यमन्त्री सोनलले जेनजी आन्दोलनपछि उत्पन्न शून्यता अन्त्य गरी सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

उनले गठबन्धनका पाँचै दलको सहकार्यमा छोटो समयभित्रै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

यसअघि सतिशकुमार सिंह मधेस प्रदेशका मुख्यमन्त्री रहेका थिए।


सम्बन्धित खबरहरु