काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो।
त्यस्तै, छापावाल सुनको १० ग्राम मूल्य २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। मंगलबार तोलामा ३ हजार २२५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा ३ हजार २४० रुपैयाँ पुगेको हो।
महासंघका अनुसार आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ।
