आज:  | Tue, 21, Apr, 2026

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने

Avatar photo दिशा निर्देश २९ आश्विन २०८२, बुधबार १०:१५ मा प्रकाशित (६ महिना अघि)

काठमाडौं । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएका छन् ।

प्रतिनिधिसभा विघटनपछि उत्पन्न अवस्थाबारे दलहरूको धारणा बुझ्ने उद्देश्यले सभामुखले बुधबार बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफल आयोजना गरेका हुन् ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार घिमिरेले “संसद पुनर्स्थापनाको मागसहित अदालतमा जानु उपयुक्त हुन्छ कि हुँदैन ?” भन्ने विषयमा दलहरूको मत बुझ्ने तयारी गरेका हुन् ।

छलफलमा सहभागी दलका प्रतिनिधिहरूलाई पार्टीको आधिकारिक धारणा लिएर उपस्थित हुन आग्रह गरिएको छ ।

दलहरूसँगको छलफलपछि सभामुख घिमिरेले पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनका पदाधिकारीहरूसँग पनि परामर्श गर्ने तयारी गरेका छन् ।


सम्बन्धित खबरहरु