आज:  | Tue, 21, Apr, 2026

मधेसमा नयाँ समीकरणः लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्रीका दावेदार

Avatar photo दिशा निर्देश २९ आश्विन २०८२, बुधबार १०:०९ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका दलहरूको समर्थनमा उनले दाबी गर्न लागेका हुन् ।

सोनललाई नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका छन् । यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच सहकार्य गरेर नयाँ सरकार गठन गर्ने प्रयास भएको थियो । ती तीनवटै दलले प्रदेश प्रमुखलाई हस्ताक्षरसहित पत्र बुझाइसकेका थिए ।

तर जनमत पार्टीले अन्ततः कांग्रेस–एमालेको गठबन्धन छाडेपछि नयाँ सत्ता समीकरण बनेको हो । लोसपा नेपालका उपाध्यक्षसमेत रहेका जितेन्द्र सोनल अब उक्त नयाँ गठबन्धनको तर्फबाट मुख्यमन्त्रीका उम्मेदवारका रूपमा अघि सरेका छन् ।


सम्बन्धित खबरहरु